न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सवको अवसरमा रुकुम पश्चिमकी मनु बाँठा मगर सामाजिक सेवा सम्मान बाट सम्मानित

evccfn@gmail.com' rastriyakhabar
६ पुष २०८१, शनिबार ००:५६

काठमाण्डौं । न्युजलाईन्स मिडिया प्रा.लि.को ९ औ बार्षिकोत्सवको अवसरमा रुकुम पश्चिमकी मनु बाँठा मगर सामाजिक सेवा सम्मान बाट सम्मानित सम्मानित हुनु भएको छ ।
लामो समयदेखि सामाजिक अभियानमा सकृय मनु बाँठामगरलाई कार्यक्रमको प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान पत्र प्रदान गर्नु भएको हो ।
बिशेष गरि महिला अधिकार तथा मानव अधिकारको क्षेत्रमा अग्रसर भएर कार्य गरिरहनुभएकी बाँठा मगर राष्ट्रिय मानवअधिकार प्रतिष्ठान नेपालको केन्द्रिय सदस्य तथा सुन्दर परिकल्पना सक्षम समाजको अध्यक्ष समेत हुनुहुन्छ ।
बाँठा मगर संगै संचार क्षेत्रबाट राज्यदैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक तथा सचेतना कार्यक्रम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं निर्देशक सरोज ओझा, कर्पोरेट खबरका अध्यक्ष एवं संस्थापक सम्पादक उज्वल जंग शाह, दैनिकी डटकमका प्रधान सम्पादक माधव तिवारी, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देल, सञ्चारकर्मी डिबी पराजुली, राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, एक्येबद्धता मासिककी सम्पादक मिना तिवारी घिमिरे, रेड मिडियाकी संचालक विष्णुमाया पौडेल र हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख रविन्द्र बाराही सम्मानित हुनुभएको थियो ।
त्यस्तै, पर्यटन व्यवसायीहरू नानुकाजी अर्याल, खुसी गुरुङ, कृष्ण बस्याल, हरेराम कार्की, र नृत्य निर्देशक प्रमिला रिजाल, समाजसेवामा योगदान दिने लाईन्स राजेशदास हिमालय, प्रेम पुरी पनि सम्मानित हुनुभयो । प्रथम उपराष्ट्रपति झाले उहाँहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बार्षिकोत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै न्युजलाईन्स मिडियाले समाजलाई सशक्त र सचेत बनाउने अभियानमा र्पुयाएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “संचारमाध्यम समाजको दर्पण हो। यसले सत्य र तथ्य उजागर गर्दै देशको समृद्धिमा टेवा र्पुयाउन महत्वपूर्ण भूमिका खेल्छ। न्युजलाईन्स मिडियाले ९ वर्षको यात्रामा जुन इमानदारी र प्रतिबद्धता देखाएको छ, त्यसले यसको विश्वसनीयता अझै माथि र्पुयाएको छ”।
कार्यक्रममा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, सोफा उत्पादक संघका केन्द्रीय अध्यक्ष तारालाल धरेल, काठमाडौँ उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा,बरिष्ठ पत्रकार निलकण्ठ तिवारी लगायत अतिथिहरूले न्युजलाईन्स मिडियाको योगदानको प्रशंसा गर्दै संस्थालाई आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्व तथा न्युज लाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्वमा सम्पन्न कार्यक्रम विष्णुमाया पौडेलले सन्चालन गर्नुभएको हो भने मिडियाका सल्लाहकार तथा समाजसेवी राम प्रसाद न्यौपानेले उपस्थित सबैलाई स्वागत मन्तब्य बाट स्वागत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया

slot gacor