बुढानीलकण्ठ नगरपालिकामा दसैँ, तिहार, नेपाल संवत् र छठको शुभकामना आदानप्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०८३, शुक्रबार ०६:४४

काठमाडौं । नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा बुढानीलकण्ठ नगरपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

आपसी सद्भाव, भाइचारा, एकता तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले एकअर्कालाई चाडपर्वको शुभकामना व्यक्त गर्दै नेपाली समाजको मौलिक संस्कृति, परम्परा र धार्मिक सहिष्णुताको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएका थिए।

विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेका नेपाली चाडपर्वले समाजमा आपसी सद्भाव, सहकार्य र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो।

यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले जनप्रतिनिधि, सरोकारवाला निकाय र समुदायबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सामाजिक एकता, आपसी विश्वास र सकारात्मक सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor