एमालेका दुई सांसदलाई ४८ घण्टे स्पष्टीकरण, धर्मराज पाठक समितिको सभापतिबाट फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०८३, बिहीबार ०६:३७

धनगढी । पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना दुई प्रदेश सभा सांसदसँग स्पष्टीकरण मागेको छ।

बुधबार बसेको संसदीय दलको बैठकले सांसद वीरबहादुर थापा र धर्मराज पाठकलाई ४८ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिने निर्णय गरेको हो। दुवै सांसद बजेट पारित गर्ने प्रक्रियाका क्रममा प्रदेश सभा बैठकमा अनुपस्थित रहेका थिए।

बैठकले सांसद पाठकलाई प्रदेश सभाको सामाजिक विकास समितिको सभापति पदबाट फिर्ता बोलाउने निर्णयसमेत गरेको छ।

एमालेले मङ्गलबार बसेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको थियो। तर, बजेट पारित गर्ने प्रक्रिया चलिरहँदा पाठक र थापा दुवै जना बैठकमा उपस्थित भएनन्।

यसअघि मङ्गलबार नै सांसद थापाले प्रदेश सरकारको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर, उनको राजीनामालाई सभामुख भीमबहादुर भण्डारीले तत्काल प्रक्रियामा अघि नबढाई हाललाई होल्ड गरेर राखेका छन्।

संसदीय दलको निर्णयसँगै दुवै सांसदले अब ४८ घण्टाभित्र आफ्नो अनुपस्थितिबारे स्पष्टीकरण दिनुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor