१० प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन, दुई अस्वीकृत र एकको निर्णय स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०८३, बिहीबार ०६:२८

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १० जना राजदूतको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले दुई जनाको नाम अस्वीकृत गरेको छ भने एक प्रस्तावित राजदूतको निर्णय स्थगित गरेको छ।

समितिबाट भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरव शम्शेर जबरा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि मञ्चलाकुमारी झाको नाम अनुमोदन भएको हो।

त्यस्तै, साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम समितिले अस्वीकृत गरेको छ। समितिका सभापति बोधनारायण श्रेष्ठले उनीहरूको नाम अस्वीकृत गरिएको जानकारी दिएका हुन्।

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाका सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग थप प्रमाण तथा स्थानीय तहसँगको संलग्नताबारे स्पष्टता मागिएको छ।

समितिले माग गरेको थप विवरण प्राप्त भएपछि थापाको नामबारे आवश्यक निर्णय लिइने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor