“फोहोरमुक्त वडा, स्वस्थ नागरिकको लक्ष्य : सरसफाइ र स्वास्थ्य सचेतनामा जुट्न वडाध्यक्ष सुरेन्द्र लामाको आह्वान”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०८३, बुधबार १४:४०

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुरेन्द्र लामाले वडावासीलाई आफ्नो घर, आँगन, टोल तथा सार्वजनिक स्थान सफा राख्दै व्यक्तिगत स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

स्वच्छ वातावरण, स्वस्थ जीवन र रोगमुक्त समाज निर्माणका लागि प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै वडाध्यक्ष लामाले घर तथा वरपरको फोहोर उचित व्यवस्थापन गर्न, जथाभावी फोहोर नफाल्न र आफ्नो टोललाई सफा तथा व्यवस्थित राख्न अनुरोध गरेका हुन्।

उनका अनुसार सरसफाइ केवल वडा कार्यालय वा स्थानीय सरकारको जिम्मेवारी मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व हो। घर, सडक, सार्वजनिक स्थल तथा पानीका स्रोत सफा राख्न सके विभिन्न रोगको जोखिम कम गर्न र स्वस्थ वातावरण निर्माण गर्न सहयोग पुग्छ।

“स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हो। त्यसैले हामी सबैले आफ्नो घर, आँगन र टोल सफा राख्नुपर्छ। फोहोर जथाभावी फाल्ने बानी त्यागेर उचित व्यवस्थापनमा ध्यान दिन म सम्पूर्ण वडावासीलाई आग्रह गर्दछु,” वडाध्यक्ष लामाले भने।

उनले बूढानीलकण्ठ नगरपालिका वडा नं. १ ले नागरिकको स्वास्थ्य र जनचेतना अभिवृद्धिका लागि विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै त्यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन पनि वडावासीलाई आग्रह गरेका छन्।

स्वास्थ्य परीक्षण, स्वास्थ्यसम्बन्धी परामर्श, रोगबाट बच्ने उपाय तथा जनचेतनामूलक कार्यक्रमबाट नागरिकले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन र समयमै आवश्यक सावधानी अपनाउन सक्ने उनको भनाइ छ।

“वडाले सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रम सबै वडावासीका लागि उपयोगी हुन्छन्। त्यसैले यस्ता कार्यक्रममा सहभागी भएर स्वास्थ्यसम्बन्धी जानकारी लिन, आफ्नो स्वास्थ्यप्रति सचेत हुन र परिवार तथा समुदायलाई पनि सचेत बनाउन सबैलाई अनुरोध गर्दछु,” उनले भने।

वडाध्यक्ष लामाले बालबालिका, ज्येष्ठ नागरिक तथा परिवारका सबै सदस्यको स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै स्वच्छता र स्वास्थ्यसम्बन्धी जनचेतना घरघरमा पुर्‍याउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

स्थानीय सरकार र नागरिकबीचको सहकार्यबाट मात्रै स्वच्छ, स्वस्थ र व्यवस्थित समाज निर्माण गर्न सकिने भएकाले वडावासीलाई सरसफाइ अभियानमा सहभागी हुन, फोहोरको उचित व्यवस्थापन गर्न र वडाले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रमको लाभ लिन उनले अपिल गरेका छन्।

स्वच्छ घर, सफा टोल र स्वस्थ नागरिक नै समुन्नत बूढानीलकण्ठ वडा नं. १ निर्माणको आधार हो। सरसफाइलाई बानी बनाऔँ, स्वास्थ्यप्रति सचेत बनौँ र वडाका जनचेतनामूलक कार्यक्रममा सहभागी बनौँ।

प्रतिक्रिया

Leave a Reply

slot gacor