काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा दुवै अध्यादेश जारी गरिएको हो।

प्रतिक्रिया