काठमाडौं । विजया दशमी, २०८३ को अवसरमा विशेष अदालत असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म बन्द रहने भएको छ। तर, केही अत्यावश्यक न्यायिक कार्यका लागि भने अदालत खुला रहनेछ।
विशेष अदालतले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३१ अन्तर्गतका काम, म्यादसम्बन्धी कार्य, पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी तथा थपसम्बन्धी कार्यका लागि अदालत खुला रहने जनाएको छ।
अदालतका अनुसार घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक न्यायिक कामका लागि सेवा उपलब्ध हुनेछ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई बिदा तथा अत्यावश्यक सेवा सञ्चालनसम्बन्धी व्यवस्थाबारे जानकारी गराइएको छ।
दशैं बिदाका कारण नियमित न्यायिक कामकारबाही प्रभावित भए पनि अत्यावश्यक कार्यका लागि अदालत खुला रहने व्यवस्थाले सेवाग्राहीलाई आवश्यक न्यायिक सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया