काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना १३ वटा विभागका प्रमुख तथा दुई वटा विभागका उपप्रमुख मनोनयन गरेको छ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विभागीय प्रमुख र उपप्रमुखहरूको जिम्मेवारी टुङ्गो लगाएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
१. प्रवास सम्पर्क विभाग: मनिष झा (प्रमुख)
२. आर्थिक व्यवस्थापन विभाग: डा. मनोहर प्रधान (प्रमुख)
३. कानुन मामिला तथा संस्थागत अनुपालन विभाग: मोहनलाल आचार्य (प्रमुख)
४. सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिकता विभाग: रुविना आचार्य (प्रमुख)
५. सुशासन तथा राज्य व्यवस्था विभाग: सुदिप ढकाल (प्रमुख)
६. विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग: सुलभ खरेल (प्रमुख)
७. कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग: ज्ञानेन्द्र महता (प्रमुख)
८. श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग: दिपककुमार साह – महोत्तरी (प्रमुख)
९. आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग: शर्मिला खनाल (प्रमुख)
१०. विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग: आनन्दबहादुर चन्द (प्रमुख)
११. संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग: डा. धनञ्जय रेग्मी (प्रमुख)
१२. वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग: धर्म केसी (प्रमुख)
१३. सामाजिक न्याय तथा समता प्रवर्धन विभाग: रिमा विश्वकर्मा (प्रमुख)
अभियान तथा प्रचारप्रसार विभाग (उपप्रमुख): आनन्द मिश्र
अर्थ विभाग (उपप्रमुख): डिल्लीश्वर कार्की
पार्टीको सांगठनिक सुदृढीकरण र विभागीय कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय समिति बैठकबाट नयाँ जिम्मेवारी बाँडफाँड गरिएको प्रवक्ता खरेलले बताएका छन्।
प्रतिक्रिया