ओलीको चेतावनी : ‘अध्यक्ष हटाउन खोज्दा क्षमा दिइयो, अब कठोर कारबाही हुन्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८३, बुधबार ०६:२४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्वविरुद्ध अभियान चलाउने तथा अनुशासनहीन गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही गरिने चेतावनी दिएका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्दै हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणसम्बन्धी विवाद टुंग्याएपछि ओलीले यस्तो चेतावनी दिएका हुन्।

प्रदेश तथा जिल्लास्तरका अगुवा नेता–कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भर्चुअल सम्बोधन गर्दै ओलीले केन्द्रीय कमिटी बैठकलाई ‘कट–अफ डेट’ मानेर त्यसपछि पार्टी नीति र अनुशासनविपरीत जाने कसैलाई पनि छुट नदिइने बताए।

‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन। केन्द्रीय कमिटीको बैठकलाई हामीले कट–अफ डेट मानेका छौँ। अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ,’ ओलीले भने।

बैठकअघि आफूलाई अध्यक्षबाट हटाउने अभियान चलाइएको दाबी गर्दै उनले त्यसबेला भएका गतिविधिलाई भने क्षमा गरिएको बताए।

‘पुनर्गठन भनेर अध्यक्ष हटाउने अभियान चलाइयो, यो त अपराधपूर्ण क्रियाकलाप हो। तैपनि केन्द्रीय कमिटी बैठकअघिका यी सबैमा क्षमा भयो। तर, अब क्षमा हुँदैन,’ उनले भने।

ओलीले अहिले प्रतिनिधि परिषद् बैठकतर्फ जानुभन्दा आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताए। लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई पार्टीको मुख्य कार्यभारका रूपमा अघि सारेका उनले संगठनलाई पुनर्गठित गरेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए।

उनले अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी हुने भन्दै आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता भने हुन सक्ने स्पष्ट पारे।

फागुनको निर्वाचनमा पार्टीले भोगेको क्षति, बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र आन्तरिक कमजोरीको समीक्षा गर्दै अब सामूहिक स्वार्थलाई प्राथमिकतामा राखेर संगठन निर्माणमा जुट्नुपर्ने ओलीको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor