गृह मन्त्रालयद्वारा ६ जिल्लाका सीडीओसहित ८ अधिकारीको सरुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८३, बुधबार ०६:०७

काठमाडौं । गृह मन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ।

असोज १२ गते सोमबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार ६ जिल्लाका सीडीओ र दुई जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ)को जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।

निर्णयअनुसार सहसचिव तथा उपसचिव तहका कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको हो। केही जिल्लाका सीडीओलाई मन्त्रालयमा तानिएको छ भने मन्त्रालय तथा अन्य स्थानमा कार्यरत अधिकारीलाई नयाँ जिल्लाको प्रशासनिक नेतृत्व दिइएको छ।

त्यस्तै, दुई जिल्लाका सहायक सीडीओको समेत सरुवा तथा पदस्थापन गरिएको छ। गृह मन्त्रालयले नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत जिल्लाको प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी र चुस्त बनाउन जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor