चाडपर्वमा रात्रिकालीन लामो दूरीका बसमा दुई चालक अनिवार्य, ट्राफिक निगरानी कडा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८३, बुधबार ०६:०६

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ।

यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका बसमा दुई चालक भए–नभएको नियमित जाँच गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए। एक जना मात्रै चालक राखेर सवारी चलाएको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए।

ट्राफिक प्रहरीका अनुसार रातिको लामो यात्रामा चालकको थकानका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले दुई चालकले पालैपालो सवारी चलाउने व्यवस्था प्रभावकारी बनाउन लागिएको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालकले मादक पदार्थ तथा लागूऔषध सेवन गरे–नगरेको समेत कडाइका साथ जाँच गरिने बताए। सवारीको भौतिक अवस्था, चालकको योग्यता र ट्राफिक नियमको पालना पनि निगरानीमा राखिनेछ।

चाडपर्वका समयमा यात्रुको चाप र लामो दूरीका सवारीसाधनको आवागमन बढ्ने भएकाले मुख्य सडक तथा बस सञ्चालन हुने स्थानमा ट्राफिक प्रहरीको उपस्थिति बढाइनेछ।

यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा पुर्‍याउने गतिविधिमाथि समेत निगरानी गरिने प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सुरक्षित यात्रा, दुर्घटना न्यूनीकरण, चालकको थकान व्यवस्थापन र सार्वजनिक यातायातमा हुने सम्भावित ठगी नियन्त्रणलाई चाडपर्व लक्षित अभियानको मुख्य प्राथमिकता बनाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

भर्खरै

 

 

slot gacor