भोटेकोसी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०८३, आईतवार ०६:१३

काठमाडौं । गत भदौ १० गते रसुवामा आएको विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको छ।

सरकारले यसअघि कोषमा जम्मा भएको १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको जनाएको छ।

कार्यालयका अनुसार विभिन्न ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ जम्मा रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको छ।

सरकारले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत परिचालन गर्दै आएको जनाएको छ। बाढी प्रभावितका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग आउने क्रमसमेत जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor