सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको आरोपमा मालपोतका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८३, बिहीबार ०६:१८

काठमाडौं । सरकारी कागजात सच्याएर गैरकानुनी लाभ हासिल गरेको तथा राज्यलाई हानि पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गलत लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसहित तत्कालीन नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्रलाई प्रतिवादी बनाइएको हो।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसुर गरेको आरोप लगाउँदै ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरेको छ।

अख्तियारले प्रतिवादीहरूबाट सोही बराबरको बिगो असुल गर्न, बिगोबमोजिम जरिवाना तथा कैद सजाय गर्न मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

आयोगका अनुसार सरकारी अभिलेख तथा लिखतमा अनियमितता गरी गैरकानुनी लाभ लिने कार्यमा संलग्न भएको आरोपमा अनुसन्धानपछि उनीहरूविरुद्ध अभियोगपत्र दायर गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor