विपद् र चाडपर्वको मौका छोपेर मूल्य बढाउनेमाथि कडा कारबाही : मन्त्री यादव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०८३, मंगलवार ०५:५१

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर मनपरी मूल्य बढाउने, कालोबजारी गर्ने र उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन्।

सोमबार उद्योग मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग छलफल गर्दै मन्त्री यादवले ठूला गोदामसम्म पुगेर प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएकी हुन्।

मन्त्रालयले बजार अनुगमनलाई प्रभावकारी बनाउन पहिलोपटक १६ वटा अनुगमन टोली गठन गरेको छ। ती टोलीले दैनिक बजार अनुगमन गरी प्रतिवेदन बुझाउनेछन्।

मन्त्री यादवले दोषी जोसुकै भए पनि कुनै दबाब, पहुँच वा प्रभावका आधारमा उन्मुक्ति नदिन स्पष्ट निर्देशन दिएकी छन्।

विभागका अनुसार अनुगमन टोलीले बजारमा वस्तुको मूल्य, उपलब्धता, गुणस्तर तथा उपभोक्ता अधिकारको अवस्थाबारे नियमित निगरानी गर्नेछ।

मन्त्री यादवको निर्देशनसँगै चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र उपभोक्ता ठगी नियन्त्रणमा बजार अनुगमन थप कडाइ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor