कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०८३, मंगलवार ०५:४०

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (Deputy Chief Executive Officer) पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। पाँडेले २०८३ साउन २९ गते (१४ अगस्ट २०२६) देखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरेका छन्।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बी–टेक उपाधि हासिल गरेका छन्।

उनसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन लगायत ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ क्षेत्रमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ।

त्यसैगरी, उनले मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङ लगायतका क्षेत्रमा समेत महत्वपूर्ण अनुभव हासिल गरेका छन्।

नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिसँगै बैंकले उनको लामो बैंकिङ अनुभव र वित्तीय विशेषज्ञताबाट व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा बैंकका रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

 

 

slot gacor