आज काठमाडौंका सात स्थानबाट एलपी ग्यास बिक्री हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८३, आईतवार ०६:१५

काठमाडौं । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ।

बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा बिक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ग्यास बिक्री हुनेछ। पशु सेवा शाखा, चपली–बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास तथा राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री गरिनेछ।

त्यस्तै नयाँ बजार जुडे हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास तथा तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास बिक्री हुनेछ। चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गरिने निगमले जनाएको छ।

यसैगरी राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एचटीसी ग्यास बिक्री गरिनेछ।

निगमले नियमित रूपमा एलपी ग्यास आयात भइरहेको जनाउँदै उद्योगीहरूलाई आफ्ना विक्रेतामार्फत नियमित बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको छ। पछिल्लो समय बजारमा ग्यासको आपूर्ति बढाए पनि केही व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ।

ग्यास आवश्यक पर्ने उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।

हाल १४.२ किलोग्रामको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor