सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०८३, सोमबार ०५:५१

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शव उनका आफन्तले पहिचान गरेका छन्।

प्रहरीका अनुसार साउन २० गते ६८ वर्षीय केदारनाथ पराजुलीले लामो समयदेखि अस्वस्थ रहेकी श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेका थिए।

उक्त घटना मन्दिर नजिक जडान गरिएको दृश्य निगरानी प्रणाली (सीसीटीभी) मा समेत कैद भएको प्रहरीले जनाएको छ। घटनापछि दुवै जना सुनकोशी नदीमा बेपत्ता भएका थिए।

तिलकुमारीको शव फेला परे पनि केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor