काठमाडौं। नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि (आईटी) अधिकृत वीरेन्द्र तामाङ घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भुक्तानी भइसकेपछि ‘कमिसन’ नदिएको भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
सोही उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले तामाङलाई काठमाडौं महानगरपालिका–१६, बालाजुबाट एक लाख रुपैयाँ घुस रकम तथा स्रोत खुल्न नसकेको थप पाँच हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको हो।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया