नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा वीरगन्जका २८ वर्षीय युवक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८३, सोमबार ०५:३५

वीरगन्ज ।  पर्साको वीरगन्जमा नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१३ निवासी २८ वर्षीय निखिलसिंह राजपुत रहेका छन्। पर्सा प्रहरीका अनुसार उनीमाथि एक नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ।

प्रहरी स्रोतका अनुसार पीडित बालिका केही समयदेखि आरोपितको घरमा काम गर्दै आएकी थिइन्। घटनाबारे उजुरी परेपछि प्रहरीले राजपुतलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार आरोपितलाई बालबालिकासम्बन्धी कसुरअन्तर्गत हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor