रासायनिक मलको आपूर्ति सहज बनाउन डीएपी र युरिया नेपाल भित्रिने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०८३, बिहीबार ०७:०७

काठमाडौं। किसानलाई आवश्यक रासायनिक मल समयमै उपलब्ध गराउन सरकारले खरिद गरेको डीएपी र युरिया मल भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहमा आइपुग्ने क्रम जारी रहेको छ।

हाल ३० हजार मेट्रिकटन डीएपी मल विशाखापट्टनम र २७ हजार मेट्रिकटन डीएपी मल कोलकाता बन्दरगाहमा पुगेको छ। दुवै बन्दरगाहमा मल प्याकिङको काम भइरहेको छ भने विशाखापट्टनमबाट मल बोकेको रेल नेपालतर्फ प्रस्थान गरिसकेको छ। कोलकाताबाट पनि छिट्टै ढुवानी सुरु हुने जनाइएको छ।

सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत खरिद गरिएको थप डीएपी मल साउन ३ गते कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको छ। साथै ३०–३० हजार मेट्रिकटन युरिया मल बोकेका दुई जहाज साउन १ गते कोलकाता आइपुग्ने कार्यक्रम छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार मौज्दातमा रहेका मल कार्यविधिअनुसार वितरण भइरहेको छ भने बन्दरगाहमा पुगेका तथा आउने मल आवश्यक भन्सार र ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याइनेछ। मन्त्रालयले किसानलाई समयमै मल उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र समन्वयलाई तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor