बुढानीलकण्ठ युवा परिषद्–०८ को “SEE Future Forward 2083” कार्यक्रम भव्य रूपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०८३, सोमबार ०६:१९

काठमाडौं । बुढानीलकण्ठ युवा परिषद्–०८ द्वारा आयोजित “SEE Future Forward 2083” (An Appreciation, Career Counseling, Quiz & Art Competition Program) सफलतापूर्वक सम्पन्न भएको छ। एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत करियर काउन्सिलिङ, क्विज प्रतियोगिता, कला प्रतियोगिता तथा सम्मान कार्यक्रम सञ्चालन गरिएको थियो। विभिन्न क्षेत्रका विज्ञ तथा प्रशिक्षकहरूले विद्यार्थीहरूलाई उच्च शिक्षा, करियर योजना, सीप विकास तथा भविष्यका अवसरहरूबारे जानकारी प्रदान गरेका थिए।

कार्यक्रमले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र लक्ष्यअनुसार भविष्यको शैक्षिक तथा व्यावसायिक यात्रा तय गर्न आवश्यक मार्गदर्शन दिएको आयोजकले जनाएको छ। साथै, विद्यार्थीहरूमा सिर्जनात्मकता, प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले क्विज तथा कला प्रतियोगितासमेत आयोजना गरिएको थियो।

बुढानीलकण्ठ युवा परिषद्–०८ का प्रतिनिधिहरूले युवाहरूको क्षमता विकास, नेतृत्व निर्माण तथा सकारात्मक सामाजिक रूपान्तरणका लागि यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताएका छन्।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले करियरसम्बन्धी उपयोगी जानकारी प्राप्त गरेको र आफ्नो भविष्यबारे स्पष्ट दृष्टिकोण बनाउन कार्यक्रम फलदायी भएको प्रतिक्रिया दिएका थिए।

आयोजकका अनुसार “SEE Future Forward 2083” केवल सम्मान कार्यक्रम मात्र नभई विद्यार्थीहरूलाई सही दिशा, प्रेरणा र अवसरसँग जोड्ने एक महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया

Leave a Reply