काठमाडौँ । देशभरका प्रि–स्कुल सञ्चालकहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले कृष्णकुमार बोहोरा को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
महाधिवेशनमा अध्यक्ष र महासचिव पदका लागि प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो भने अन्य सबै पदमा पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका हुन्।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राज्यलक्ष्मी बैदार चयन भएकी छन्। उपाध्यक्षहरूमा उमानाथ निरौला र शारदा पाण्डे निर्वाचित भएका छन्। प्रादेशिक प्रतिनिधित्वतर्फ रेखा हमाल र अर्जुन सिंह क्षेत्री चयन भएका छन्।
त्यसैगरी, महासचिवमा सम्झना बस्नेत निर्वाचित भएकी छन्। सचिवहरूमा अनिल आचार्य र निर्मल नेपाल तथा कोषाध्यक्षमा रेनुका कोइराला निर्वाचित भएका छन्।
कार्यसमितिका सदस्यहरूमा मुना दाहाल, प्रकाश अधिकारी, ताराप्रसाद पन्थ, प्रकाश अधिकारी, मुना श्रेष्ठ, उमेश अधिकारी, सृष्टि ढुङ्गाना र किरण गोसाईं निर्वाचित भएका छन्।
अपेनको विधानअनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको कार्यकाल दुई वर्षको हुनेछ। नयाँ नेतृत्वले प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धि, प्रि–स्कुल शिक्षामा नीतिगत सुधार तथा देशभरका प्रि–स्कुल सञ्चालकहरूको हकहित संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
महाधिवेशनले प्रारम्भिक बालशिक्षा क्षेत्रको सुदृढीकरण, पेशागत एकता तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया