संगीतमा नयाँ प्रयोग, ‘आधा नेपाली आधा भोजपुरी’बाट श्याम प्रसाद सुवेदीको दमदार प्रस्तुति

evccfn@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८३, सोमबार २२:५०

काठमाडौं । एउटै गीतमा दुई भाषाको सुन्दर संगम सम्भव छ भन्ने उदाहरण बनेको छ ‘आधा नेपाली आधा भोजपुरी’। गायक श्याम प्रसाद सुवेदीले आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको यो गीतले सार्वजनिक भएसँगै संगीतप्रेमीको ध्यान तानेको छ।

गीतमा नेपाली र भोजपुरी संस्कृतिको आत्मीय सम्बन्धलाई प्रेम र भावनाको माध्यमबाट अभिव्यक्त गरिएको छ। संगीत संयोजक सन्तोष प्रगाढको संगीतले गीतलाई अझ कर्णप्रिय बनाएको छ।

 गीतको लोकार्पण समारोह सोमबार काठमाडौंस्थित सिन्की भान्छा घरमा सम्पन्न भएको छ। कार्यक्रममा सर्जक विजेन्द्र नौबागे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पत्रकार डीबी पराजुलीविनोद नेपाली, कलाकार बिरेन्द्र नौभाग्य, मोडल धिरज खत्री, नायक सैलेश पहरी, गायिका श्रद्धा दियालीबिमला परियार, व्यवसायी मिनबहादुर पहरी, मोडल अशोक कोइराला लगायत कला र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लोकार्पण कार्यक्रममा उपस्थित कला क्षेत्रका व्यक्तित्वहरूले गीतलाई नेपाली संगीत उद्योगमा एउटा सकारात्मक प्रयोगको रूपमा व्याख्या गरेका थिए। कार्यक्रममा सहभागी अधिकांशले यस गीतले सीमाना होइन, संस्कृतिलाई जोड्ने काम गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

slot gacor