चीन भ्रमणका लागि बेइजिङ पुगे अमेरिकी राष्ट्रपति ट्रम्प

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०८३, बिहीबार ०६:०९

काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump चीनका राष्ट्रपति Xi Jinping सँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ पुगेका छन्। एयर फोर्स वानमार्फत दुई दिने औपचारिक भ्रमणका लागि ट्रम्प बुधबार बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १५ सम्म चीन भ्रमण गर्न लागेका हुन्। लामो उडानपछि स्थानीय समयअनुसार साँझ ७ः५० बजे ट्रम्प बेइजिङ पुगेका थिए।

भ्रमणका क्रममा ट्रम्पसँगै चर्चित अमेरिकी अर्बपति तथा उद्योगीहरू पनि चीन पुगेका छन्। टोलीमा Elon Musk, Jensen Huang तथा Kelly Ortberg सहभागी रहेका छन्।

बेइजिङ विमानस्थलमा ट्रम्पको स्वागत गर्न चिनियाँ उपप्रधानमन्त्री हान चेङ उपस्थित भएका थिए। उनलाई राष्ट्रपति सी जिनपिङका विश्वासपात्र कूटनीतिक प्रतिनिधिका रूपमा चिनिन्छ। हान चेङ गत वर्ष ट्रम्पको शपथ समारोहमा समेत सहभागी भएका थिए।

दुई नेताबीच हुने वार्तामा व्यापार, लगानी, प्रविधि, क्षेत्रीय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषय मुख्य एजेन्डा रहने बताइएको छ। ट्रम्पले चीनसँगको व्यापार सम्बन्धलाई थप सन्तुलित बनाउन चिनियाँ बजार अमेरिकी कम्पनीहरूका लागि खुला गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाउने संकेत दिएका छन्।

चीनको परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध सुधार, आर्थिक सहकार्य विस्तार तथा विश्व शान्ति र विकाससँग सम्बन्धित महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा गहन छलफल हुनेछ।

करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको हो। साथै सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो चीन भ्रमणसमेत हो।

प्रतिक्रिया

slot gacor