काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको गोलीकाण्डबारे अनुसन्धानको प्रगति सार्वजनिक गरेका छन्।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले घटनामा संलग्न संदिग्ध व्यक्ति क्यालिफोर्नियाको बासिन्दा भएको जानकारी दिएका हुन्।
ट्रम्पका अनुसार सुरक्षा निकायले संदिग्धको पहिचान गरिसकेको छ र उनी बस्ने अपार्टमेन्टमा छापा मारेर विस्तृत अनुसन्धान अघि बढाइएको छ।
पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले प्रारम्भिक अनुसन्धानका आधारमा यो आक्रमणमा कुनै संगठित समूहभन्दा एकल व्यक्तिको संलग्नता (‘लोन उल्फ’) हुन सक्ने संकेत गरेका छन्। ‘अनुसन्धानमा संलग्न अधिकारीहरूले उक्त व्यक्तिले एक्लै घटना गराएको ठानेका छन्,’ उनले भने।
घटनालाई इरानसँगको तनावसँग जोडेर हेरिएको विषयमा उनले तत्काल कुनै ठोस सम्बन्ध देखिएको नभए पनि अनुसन्धान जारी रहेको स्पष्ट पारे।
हाल अमेरिकी सुरक्षा एजेन्सीहरूले घटनाको उद्देश्य, पृष्ठभूमि र सम्भावित अन्य संलग्नताबारे प्रमाण संकलन गर्ने कार्यलाई तीव्र बनाएका छन्।
प्रतिक्रिया