Roza Aesthetic Roza Beauty Salon & Skin Care को दोस्रो शाखा भव्य उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०८३, बुधबार ०५:४६

काठमाडौं। Roza Aesthetic Roza Beauty Salon & Skin Care को दोस्रो शाखा भव्य रूपमा उद्घाटन गरिएको छ। नयाँ शाखाको उद्घाटन समारोह विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रख्यात कलाकार Ananda Karki को उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा Usha Khadgi सहभागी हुनु भएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरू, पत्रकारहरू तथा सौन्दर्य क्षेत्रमा आवद्ध व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूले नयाँ शाखाको सफलताको शुभकामना व्यक्त गर्दै यसले सौन्दर्य सेवामा थप गुणस्तरीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रम आयोजकले प्रमुख अतिथि, विशिष्ट अतिथि, पत्रकारहरू तथा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

नयाँ शाखासँगै Roza Aesthetic ले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूलाई आधुनिक प्रविधिसहित गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

slot gacor