काठमाडौँ । इजरायल ले लेबनान को राजधानी बेरुत लगायत विभिन्न क्षेत्रमा भीषण आक्रमण गरेको छ। बुधबार गरिएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणमा १,१०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेको संख्या धेरै रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
यस घटनाप्रति इस्लामिक रिभोलुशनरी गार्ड्स कोर्प्स ले कडा निन्दा गर्दै इजरायलले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको जनाएको छ। विरोधस्वरूप इरान ले हर्मुज जलघाँटी बाट तेलका ट्यांकर बाहिरिनमा रोक लगाएको उल्लेख गरिएको छ।
अर्ध–सरकारी फार्स न्युज एजेन्सीका अनुसार हर्मुज जलघाँटी बन्द गर्ने निर्णय सार्वजनिक गरिएको हो। यसअघि सो जलघाँटी खोल्ने र १४ दिनका लागि युद्धविराम गर्ने सहमति भएको बताइएको थियो, जसअनुसार दुई वटा तेल ट्यांकरले अनुमति लिएर जलघाँटी पार गरेका थिए।
रिभोलुशनरी गार्ड्सले तत्कालका लागि युद्धविराम कायम रहे पनि आवश्यक परे कारबाहीका लागि तयारी अवस्थामा रहेको जनाएको छ। इरान र संयुक्त राज्य अमेरिका दुवैले उक्त युद्धविरामलाई आफ्नो पक्षमा भएको दाबी गरेका छन्।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ले लेबनानसम्बन्धी विषय युद्धविराममा समावेश नरहेको बताएका थिए।
प्रतिक्रिया