काठमाडौं । सरकारले दुईवटा परियोजनाका लागि झण्डै २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।
अर्थ मन्त्रालय को प्रस्तावअनुसार “डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट” का लागि एशियाली विकास बैंक बाट ४० मिलियन डलर र विश्व बैंक बाट ५० मिलियन डलर ऋण लिने निर्णय गरिएको छ।
यसैगरी, दीगो तथा समावेशी वित्तसम्बन्धी परियोजनाका लागि थप ९५ मिलियन डलर सहुलियतपूर्ण ऋण सुविधा स्वीकार गरिएको छ।
हालको विनिमय दरअनुसार यी सबै ऋण सहयोगको कुल रकम करिब २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन आउने बताइएको छ।
सरकारले उक्त ऋणलाई डिजिटल पूर्वाधार विकास, वित्तीय पहुँच विस्तार तथा आर्थिक समावेशीकरणमा उपयोग गर्ने जनाएको छ।
प्रतिक्रिया