नवनिर्वाचित सांसदको शपथ आज २ बजे, सिंहदरबारमा तयारी पूरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०८२, बिहीबार ०६:२४

काठमाडौ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:०० बजे हुने भएको छ। सङ्घीय संसद् सचिवालय ले शपथका लागि सबै तयारी पूरा भएको जनाएको छ।

शपथ कार्यक्रम प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले गराउनेछन्। सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार उक्त कार्यक्रम सिंहदरबार स्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ।

यसअघि रामचन्द्र पौडेल ले ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्। नेपालको संविधानको धारा ९९ तथा धारा ९१(५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार शपथको व्यवस्था गरिएको हो।

सांसदहरूलाई आवश्यक कागजातसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ। साथै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।

शपथ समारोहका लागि बहुउद्देश्यीय हलमा सिट, रोष्ट्रम, सभामुख आसन लगायतका आवश्यक व्यवस्थापन पूरा गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२, नेपाली कांग्रेस ले ३८, नेकपा एमाले ले २५, नेपाल कम्युनिस्ट पार्टी ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट प्राप्त गरेका छन्।

प्रतिक्रिया

slot gacor