काठमाडौं । अमेरिका–इरानबीच जारी तनावको २५औँ दिन मंगलबार इरान ले इजरायल का विभिन्न शहर, विशेषगरी तेल अभिभ मा मिसाइल प्रहार गरेको इजरायली अधिकारीहरूले बताएका छन्।
प्रहारका कारण तीनवटा आवासीय भवनमा ठूलो क्षति पुगेको छ भने केही सवारीसाधनमा आगलागी भएको जनाइएको छ। इजरायलको राष्ट्रिय आपतकालीन सेवा संयन्त्रका अनुसार कम्तीमा ६ जना घाइते भएका छन्।
इजरायली सेनाका कर्नेल मिकी डेभिड का अनुसार प्रहार गरिएका मिसाइलमध्ये एकको वारहेड करिब १०० किलोको थियो। युद्ध सुरु भएयता यस प्रकारको मिसाइल पहिलो पटक प्रयोग भएको इजरायली पक्षको दाबी छ।
यसैबीच, इजरायली सेनाले दक्षिण लेबनान मा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाह विरुद्ध सैन्य कारबाही जारी राखेको छ। त्यहाँका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान चेतावनी दिइएको छ।
पश्चिम एसियाभर ड्रोन तथा मिसाइल प्रहारका घटना बढिरहेका छन्। साउदी अरब को रक्षा मन्त्रालयले विभिन्न क्षेत्रमा पठाइएका दर्जनौँ ड्रोन आफ्नो वायु रक्षा प्रणालीले खसालेको जनाएको छ भने कुवेत ले पनि आफ्नो क्षेत्रमा मिसाइल प्रहार भएको दाबी गरेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग युद्ध अन्त्यबारे फलदायी वार्ता भएको दाबी गर्दै आगामी पाँच दिन इरानका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने बताएका थिए। तर इरानले उक्त दाबी अस्वीकार गरेको छ।
प्रतिक्रिया