कोलम्बियामा सैनिक विमान दुर्घटना, ९० जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०८२, मंगलवार ०६:२६

काठमाडौँ ।  कोलम्बिया को दक्षिण–पश्चिमी पुएर्टो लेगुइजामो क्षेत्रमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ।

बीबीसी का अनुसार ११० जना सवार उक्त विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो।

कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन् र उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

विमान दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ। थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

Leave a Reply