यस वर्ष डढेलोको जोखिम कम हुनसक्छ : वन मन्त्रालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८२, सोमबार १३:११

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोका घटनामा कमी आउने विश्वास व्यक्त गरेका छन्।  शर्माले आगामी चालु आर्थिक वर्षमा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनल् यस्तो दाबी गरेका हुन् ।सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताए ।

यद्यपि, प्राकृतिक रूपमा जोखिम कम देखिए पनि मानवीय लापरवाही वा आकस्मिक घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न उत्तिकै चनाखो हुनुपर्नेमा उनले जोड दिएका छन्।

 

प्रतिक्रिया

slot gacor