काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबार युवाहरूले माइतीघर मण्डला मा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी जेनजी युवाहरूले “जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा”, “जेनजीहरू नारामा, आमा रारामा” तथा “कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर” लगायतका प्लेकार्ड बोकेका थिए।
उनीहरूले आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै सरकारसँग पारदर्शिता अपनाउन र सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।
प्रतिक्रिया