काठमाडौं । आज घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा हर्षोल्लासका साथ मनाइँदै छ। प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने यस पर्वको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
पर्वका अवसरमा नेपाली सेना ले काठमाडौंको टुँडिखेल मा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको छ।
परम्पराअनुसार टुँडिखेल क्षेत्रको पूर्व–दक्षिण दिशामा बस्ने ‘गुरुमापा’ नामक राक्षसले बालबालिकालाई दुःख दिने विश्वास गरिन्छ। सोही राक्षसलाई घोडाको टापले कुल्चेर परास्त गरिएको स्मरणस्वरूप घोडेजात्रा मनाउने चलन रहिआएको छ।
यसै अवसरमा ललितपुर मा पनि एक घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ।
घोडेजात्रा पर्वले सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको पर्वका रूपमा काठमाडौं उपत्यकामा विशेष उत्साहका साथ मनाइने गरिन्छ।
प्रतिक्रिया