काठमाडौं। सुशीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको बताएकी छन्।
सोमबार काठमाडौंमा आयोजित NRNA 12th Global Conferenceलाई सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको बताइन्।
उनले भनिन्, “नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ। नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ।”
प्रधानमन्त्री कार्कीले नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने बताउँदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवद्र्धन आवश्यक रहेको उल्लेख गरिन्।
उनले सबै गैरआवासीय नेपाली संघका सदस्य तथा विदेशमा रहेका नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झँदै नेपालको विकासमा सक्रिय भूमिका खेल्न आग्रह गरिन्।
उनले मातृभूमिप्रतिको प्रेमले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै जहाँ रहे पनि नेपाली हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्न र देशको प्रगति तथा समृद्धिका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया