काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ भएको छ।
उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ भएको हो।
सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको छ र आज पनि निरन्तर सुनुवाइ हुने बताइएको छ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णय गरेपछि कानुनी विवाद उत्पन्न भएको हो।
महान्यायाधिवक्ताको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।









प्रतिक्रिया