‘बोल्दाबोल्दै आइजिपीले हप्काए’ – प्रधानमन्त्री कार्की

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०८२, सोमबार ०७:२९

काठमाडौं। सुशीला कार्कीले आफू बोलिरहेका बेला एक जना प्रहरी महानिरीक्षक (आईजिपी)ले हप्काएको अनुभव सार्वजनिक गरेकी छन्।

प्रधानमन्त्री कार्कीले कसले हप्काएको भन्ने नाम भने नखुलाइकन त्यस्तो घटना भएको बताइन्। उनले भनिन्, “त्यत्रो आन्दोलन भयो। त्यो परिस्थितिबाट अहिलेको परिस्थितिमा मुलुकलाई त ल्यायौँ नि। एउटा आइजिपीले मलाई हप्काएको थियो, बोल्दाबोल्दै। यो सबै संघर्ष त थियो नि।”

कार्की नेतृत्वको अन्तरिम सरकारको समयमा नेपाल प्रहरीमा दुई जना आईजिपी रहेका थिए। कार्की प्रधानमन्त्री हुँदा चन्द्रकुवेर खापुङ आईजिपी थिए भने उनको कार्यकाल सकिएपछि दानबहादुर कार्कीले जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै सशस्त्र प्रहरी बलतर्फ राजु अर्याल आईजिपीका रूपमा कार्यरत छन्। सशस्त्र प्रहरीमा भने हालसम्म आईजिपी परिवर्तन भएको छैन।

प्रधानमन्त्री कार्कीले उक्त घटनाबारे विस्तृत विवरण नदिए पनि असोजको तेस्रो सातातिर केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित जाहेरी परेपछि प्रहरीले कारबाही गर्नुपर्ने दबाबको अवस्था सिर्जना भएको प्रसंगसँग जोडेर यो टिप्पणी आएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply