काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाह ले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’ सम्बन्धी इमेल ठेगाना समावेश गरेका छन्।
आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले ‘[email protected]’ नामको इमेल सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेसँगै शाह नेपालका सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चामा छन्। पार्टीले विधान संशोधन गरेर उनलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको बताइएको छ।
निर्वाचन आयोग ले निर्वाचनको पूर्ण नतिजा सार्वजनिक गरिसकेको अवस्थामा छिट्टै नयाँ सरकार गठन हुने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
यसैबीच रवि लामिछाने र वरिष्ठ नेता शाह सम्भावित मन्त्रीहरूको छनोटमा व्यस्त रहेको बताइएको छ।
प्रतिक्रिया