कालोसूचीसम्बन्धी प्रावधान अध्ययन गर्दै राष्ट्र बैंक : गभर्नर पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८२, शुक्रबार ०६:४६

काठमाडौँ । नेपाल राष्ट्र बैंक का गभर्नर विश्वनाथ पौडेल ले वित्तीय कारोबारमा कालोसूचीमा राख्ने प्रावधानबारे अध्ययन भइरहेको बताएका छन्।

आज आयोजित एक कार्यक्रममा बोल्दै उनले चेक बाउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने प्रावधानको विषयमा गम्भीरतापूर्वक अध्ययन भइरहेको जानकारी दिए।

उनले भने, “चेक बाउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ। कालोसूचीमा पर्नेहरूको सूची छोटो कसरी बनाउने भन्ने विषयमा पनि काम भइरहेको छ।”

गभर्नर पौडेलका अनुसार चेक बाउन्स तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै व्यक्तिहरू कालोसूचीमा पर्ने गरेको देखिएको छ। “कालोसूचीमा राख्नुपर्ने कति र नराख्नुपर्ने कति भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौँ,” उनले बताए।

फरक प्रसङ्गमा उनले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले अवलम्बन गर्दै आएको पनि बताए। भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले सूचना प्रविधि उद्योगलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

उनले बैंक तथा वित्तीय संस्थाहरूलाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्न आग्रह गर्दै आएको बताए।

त्यस्तै, गभर्नर पौडेलले विगतमा वीरगञ्ज मा फोटो स्टुडियो, गाडी वर्कसप र ग्यारेज सेन्टरहरू प्रशस्त भए पनि पछिल्लो समय ती व्यवसायहरू क्रमशः घट्दै गएको उल्लेख गरे।

उनले नेपालका आइटी कम्पनीहरूलाई विदेशी मुलुकमा लगानी गर्न सहज वातावरण बनाउन पनि पहल भइरहेको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply