काठमाडौं । अमेरिका र Israelको संयुक्त हवाई आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावी मारिएको दाबी गरिएको छ।
इरानको अर्धसरकारी समाचार एजेन्सी Tasnim News Agency ले आइतबार उक्त घटनाको पुष्टि गरेको दाबी सार्वजनिक गरेको हो। मौसावी गत वर्ष जुनमा सशस्त्र बल प्रमुखमा नियुक्त भएका थिए।
यसै हमलामा Islamic Revolutionary Guard Corps (आईआरजीसी) का प्रमुख मेजर जनरल मोहम्मद पाकपुर तथा रक्षा मन्त्रालयका सल्लाहकार सचिव अली शमखानीको पनि मृत्यु भएको खबर आएको छ। आईआरजीसीलाई इरानको सबैभन्दा प्रभावशाली सुरक्षा संरचनामध्ये एक मानिन्छ।
त्यसैगरी, सोही आक्रमणमा इरानका सर्वोच्च नेता Ali Khamenei को समेत मृत्यु भएको दाबी आइतबार सार्वजनिक गरिएको छ।
यद्यपि, अन्तर्राष्ट्रिय स्वतन्त्र स्रोतबाट यी दाबीहरूको पुष्टि भइसकेको छैन। घटनाले क्षेत्रीय तथा विश्व राजनीति तरंगित बन्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया