इरानी मिडियाको दाबी: सर्वोच्च नेता खामेनेई मारिए, ४० दिने राष्ट्रिय शोक घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०८२, आईतवार ०८:००

तेहरान/काठमाडौं ।  Ayatollah Ali Khamenei संयुक्त अमेरिकी–इजरेली हवाइ आक्रमणमा मारिएको इरानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। उक्त दाबीलाई Fars News Agency ले पनि उल्लेख गरेको छ।

यसअघि Donald Trump ले सामाजिक सञ्जालमार्फत खामेनेई मारिएको बताएका थिए। आक्रमणमा उनका परिवारका सदस्यहरू समेत मारिएको इरानी मिडियाको दाबी छ। यद्यपि यी विवरणहरूको स्वतन्त्र अन्तर्राष्ट्रिय पुष्टि भने सार्वजनिक भएको छैन।

४० दिनको शोक, ७ दिन सार्वजनिक बिदा

Islamic Revolutionary Guard Corps निकट स्रोतहरूका अनुसार खामेनेईको निधनप्रति ४० दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। साथै ७ दिनको सार्वजनिक बिदा पनि घोषणा गरिएको बताइएको छ।

यस घटनापछि IranIsrael बीचको तनाव थप चर्किएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply