अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०८२, बिहीबार ०७:१३

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिक डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार डिपोर्ट भएका सबै नेपाली नागरिक काठमाडौँ आइपुगिसकेका छन्।

अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँ ल्याएको हो। महानिर्देशक तिवारीका अनुसार हालसम्म ४०० भन्दा बढी नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भइसकेका छन्।

अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरू कागजात नपुगेका, गैरकानुनी रूपमा बसेका तथा अध्यागमन कानुन उल्लङ्घन गरेका व्यक्ति रहेका छन्।

डिपोर्ट भएकाहरूको विषयमा हाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। बेचबिखनमा परेको आशंका भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ। आवश्यक अनुसन्धानपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने ब्युरोले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply