काठमाडौँ । काठमाडौं जिल्ला शंखरापुर नगरपालिका नाङ्लेभारे, वडा नं. १, पिपलबाट भिमेश्वर शिव मन्दिरको सिलान्यास कार्यक्रम बागमती प्रदेशका माननीय पूर्व पर्यटन तथा संस्कृति मन्त्री बिमल ठकुरी ज्युका प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा मन्दिर निर्माण कमिटीका अध्यक्ष हेमनारायण दगाल सभापतित्व गर्दै उपस्थित रहेको जानकारी प्राप्त भएको छ। कार्यक्रममा विशेष अतिथिको रूपमा शंखरापुर नगरपालिका उपमेयर समिता श्रेष्ठ, वडा नं. १ का अध्यक्ष बाबुराम दगाल, वडा सदस्यहरू, समाजसेवीहरू भरत दगाल, राजु दगाल लगायत अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए।
आयोजकहरूले मन्दिर निर्माणले स्थानीय धार्मिक र सांस्कृतिक परम्परालाई सुदृढ पार्ने र समुदायमा एकता र समृद्धिको सन्देश प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया