बुढानीलकण्ठ। बुढानीलकण्ठ पर्यटन बोर्डले पर्यटन प्रवर्द्धन र पर्यटकीय गन्तव्यको पहिचानका लागि हाइकिङ्ग कार्यक्रम आयोजना गर्न लागेको छ।
पौष १० गते बिहीवार विहान ७:०० बजे शुरु हुने पदयात्रा (हाइकिङ्ग) जगडोल–तारेभिर हुँदै बुढानीलकण्ठ मन्दिरसम्मको मार्गमा हुनेछ।
बुढानीलकण्ठ पर्यटन बोर्डले सम्पूर्ण नागरिकहरुलाई यस पदयात्रामा सहभागी हुन आग्रह गरेको छ। इच्छुक सहभागीहरूले पुस ९ गते अपराह्न ४:०० बजेभित्र उद्योग तथा पर्यटन शाखामा वा ९८५७०६२८०४ मा आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएका छन्।
प्रतिक्रिया