काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अनिलकुमार सिन्हा ले पदभार ग्रहण गरेका छन्।
आइतबार मन्त्रालय पुगेर मन्त्री सिन्हाले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण समारोहका क्रममा उनले कुनै पनि दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री सिन्हाले संस्कृति, पर्यटन र नागरिक उड्ययन क्षेत्रलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी ढंगले अघि बढाउनेतर्फ आफू केन्द्रित रहने बताए। उनले नीतिगत निरन्तरता र सुधारलाई प्राथमिकता दिने संकेत पनि गरेका छन्।
प्रतिक्रिया