काठमाडौँ। सर्वेश्वर महादेव विकास संरक्षण समितिको १२ औँ अधिवेशन आज मन्दिर परिसरमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिका–६ का वडा अध्यक्ष नवराज लामा उपस्थित रहे।
समितिका अध्यक्ष कुलप्रसाद पुडासैनीको सभापतित्वमा सम्पन्न अधिवेशनमा वडा सदस्य मञ्जु पुडासैनी, समितिका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य तथा सरोकारवाला व्यक्तित्वहरूको उपस्थिती र आतिथ्यता रहेको थियो।
कार्यक्रममा समितिको विगतको कार्य प्रगति, आगामी योजना तथा धार्मिक–सांस्कृतिक क्षेत्रको संरक्षण र विकाससम्बन्धी विषयमा प्रतिनिधिहरूले आफ्ना धारणा राखे।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले भने,
“धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण नगरको पहिचानसँग जोडिने विषय हो। समितिको सक्रियता प्रशंसनीय छ। हामी सम्भव सहयोगमा सदैव साथ दिन्छौँ।”
समितिका सचिव रमेश रिजालले कार्यक्रम सञ्चालन गरेका थिए। अधिवेशनले नयाँ कार्ययोजना र आगामी वर्षका कार्यक्रमसमेत पारित गरेको समितिले जानकारी दिएको छ।
प्रतिक्रिया