हिमपहिरो अपडेट : ५ विदेशीसहित ७ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०८२, मंगलवार ०५:५८

काठमाडौँ । दोलखाको यलुङ रि क्षेत्रमा सोमबार बिहान हिमपहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खला आरोहणका लागि गएका ५ विदेशीसहित ७ जनाको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका अनुसार रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालको आधार शिविर नजिकै आज बिहान गएको हिम पहिरोमा परेर उनीहरूको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ भने अन्य ५ जना घाइते भएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ उद्धारका लागि गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply