काठमाडौं । नेपाली टेलिफिल्म क्षेत्रको प्रवर्द्धन तथा कलाकारहरूको सम्मानका लागि आयोजना गरिएको “धनेश्वर टेलिफिल्म अवार्ड २०८२” भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमले नेपाली टेलिचलचित्र उद्योगको इतिहासमा एक महत्वपूर्ण उपलब्धि कायम गरेको आयोजकले बताएका छन्। कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा वरिष्ठ पत्रकार एवं निर्देशक प्रकाश सुवेदी, वरिष्ठ कलाकार देशभक्त खनाल, लक्ष्मण बिक्रम बस्नेत, गोर्खा मिलेनियम सेक्युरिटी सर्भिसेस प्रा.लि. का लोकबहादुर कटुवाल, राष्ट्रिय सङ्गीतकर्मी संघका महासचिव विनोद ढकाल, समाजसेवी कुमार घतान, दिनेशराज पुरी, दामोदर आर्याल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता धनेश्वर फिल्म्स प्रा.लि. का सञ्चालक खमेश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रम संयोजकको भूमिका बिकास थापा मगरले निर्वाह गरेका थिए भने रमेश श्रेष्ठ अवार्ड संयोजक, बिशाल राई (MFU) कार्यक्रम व्यवस्थापक, रामकृष्ण कंडेल प्राविधिक संयोजक, र समिर श्रेष्ठ (निवर्तमान अध्यक्ष, धनेश्वर फिल्म्स) लगायतको टिमको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।
अवार्ड समारोहमा ३४ विधाबाट १७० जना मनोनयन भएका मध्ये ६० जना कलाकार तथा प्राविधिकहरूलाई सर्वोत्कृष्ट, पब्लिक च्वाइस, जूरी र प्रोत्साहन अवार्ड प्रदान गरिएको थियो। साथै, समाजसेवी, पत्रकार, महिला समाजसेवी, वरिष्ठ कलाकार, गीतकार, संगीतकार, गायक/सर्जक आदिलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
महिला सम्मानतर्फ मानव सेवा आश्रम, मकवानपुरकी संयोजक इशा थापा र फ्युचर होप नेपाल बाल आश्रमकी सञ्चालक रिता शिवाकोटी (मुकुली) लाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री सुरेश श्रेष्ठले नेपाली टेलिफिल्महरूले हास्यव्यंग्य, सामाजिक, भावनात्मक, काल्पनिक तथा यथार्थ विषयवस्तुका माध्यमबाट दर्शकलाई मनोरञ्जन मात्र नभई सामाजिक रूपान्तरणको सन्देश पनि प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले विविध जातजाति, भाषा, धर्म, भेषभूषा, र मौलिक संस्कृतिको जगेर्ना गर्ने माध्यमका रूपमा टेलिफिल्महरूलाई प्रशंसा गर्नुभयो।
धनेश्वर टेलिफिल्म अवार्डका अध्यक्ष खमेश श्रेष्ठका अनुसार, “यस अवार्डमार्फत अग्रज कलाकारहरूदेखि नयाँ पुस्ताका सिर्जनशील व्यक्तित्वसम्मलाई सम्मान गर्ने प्रयास हरिएको बताएकाछ्न ।

प्रतिक्रिया