बुढानिलकण्ठ नगरपालिका वडा न २ मा तीज विशेष कार्यक्रम भोलि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०८२, सोमबार ०६:५६

काठमाडौ।  बुढानिलकण्ठ नगरपालिका वडा न २ मा महिलाहरुको बिशेष चाड हरितालिका तीजको अवसरमा तीज बिशेष तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ।

भदौ १०  गते मंगलबारका  दिन कालिकापार्क परिसरमा कालिकापार्क संरक्षण समितिको संयोजनमा र बुढानिलकण्ठ नगरपालिका वडा न २ को आयोजनामा  हुने कार्यक्रममा विभिन्न राष्ट्रिय चर्चित तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने वडा न २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय  खबरलाई जानकारी दिए।

बिशेष गरि महिलाहरुलाई लक्षित गरि वर्षभरिको पीडा भुलाउन तथा विभिन्न संघ संगठनमा आबद्ध भएका नभएका सम्पुर्ण दिदिबहिनीहरु बिच एक अर्कामा परिचय, सौहार्दता,आत्मीयताको वृद्धि गर्न र सक्रिय बनाउन तथा नेपालको कला संस्कार संस्कृति र मौलिकतालाई संरक्षण गर्न यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले  बताए ।

कार्यक्रममा विभिन्न कलाकारहरूका सामुहिक, एकल नृत्य गायन लगायतका भरपुर मनोरञ्जनात्मक प्रस्तुतिहरू राखिनेछन भने थप मनोरञ्जन बनाउन केही प्रतियोगिता समेत राखिने आयोजकले बताएको छ।
हरितालिका तीजमा मुख्यतः दर खाने रमाइलो गर्ने चलनलाई जीवन्त राख्दै बिशेष  कार्यक्रम समेत रहेको छ भने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइलाई उक्त दिनमा कार्यक्रममा उपस्थिति भई सफल बनाइदिन र भरपुर मनोरञ्जन लिन आयोजक वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया