पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित,सत्ता गठबन्धनलाई झट्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०८२, आईतवार ०७:२२

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएका छन् भने उनका प्रतिस्पधाईले २५८ मत ल्याएका छन् ।

प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए ।

सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।

कसकाे कति मत ?

अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)

कुल बहादुर गुरुङ: २८८

वरिष्ठ उपाध्यक्ष
ईश्वरी पौडेल: ३४५ (विजयी)

टिका गुरुङ: २५८

प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६

मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)

द्वितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)

धन बहादुर गुरुङ:२३८

महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)

विमल नहर्की: २०९

शिव सापकोटा: ६८

सचिव
चन्दन थापा: ३५८ (विजयी)

ङिमा दिकी शेर्पा: २४४

कोषाध्यक्ष

ङिमा नुर्बु शेर्पा: ३०४

सुमी लामा: ३०४

(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )

सदस्य:
माधवकुमार धमला: २७८

केदार न्यौपाने: ३०२

थुप्देन शेर्पा: ३२६

गोकुल थापा: २८८

मुलाल गुरुङ: ३५१

देण्डी शेर्पा: ३११

विक्रम कार्की: ३०६

रिञ्जे शेर्पा: ३०१

देवेन्द्र डंगोल: २९५

दिकी शेर्पा: २८८

निशा भोटे: ३०७

प्रतिक्रिया